काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ६ हजार ३०० जनामा भएको परीक्षणमा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो।
सोही अवधिमा २ जनाले ज्यान समेत गुमाएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन विधिबाट ३३४२ जनामा परीक्षण हुँदा ५३० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै पीसीआर विधिबाट २९५८ जनामा परीक्षण हुँदा ५६० जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमित निको भएका छन्। हाल देशभर सक्रिय संक्रमत ५ हजार ८०६ जना रहेका छन्।