प्रदीप गिरिको स्वास्थ्यबारे राष्ट्रपतिको चासो



काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले उपचाररत कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्थाबारे चासो ब्यक्त गरेकी छन्।

गिरीको हाल ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रपतिका तर्फबाट उनका प्रेसविज्ञ टिका ढकाल आइतबार बिहान मेडिसिटी अस्पताल पुगेर गिरीको स्वास्थ्यबारे जानकारी लिएका हुन्।

राष्ट्रपतिले नेता गिरिको स्वास्थ्य अवस्थाबारे पहिलेदेखि नै चासो व्यक्त गर्दै आइरहेको प्रेस विज्ञ ढकालले बताए।

‘राष्ट्रपतिका तर्फबाट मैले उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिएँ। अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको चिकित्सकहरुले बताए’, ढकालले नेपालखबरसँग भने।

निमोनिया देखिएपछि कांग्रेस नेता गिरि साउन पहिलो साता मेडिसिटीमा भर्ना भएका थिए।

घाँटीको क्यान्सर भएपछि लामो समय भारतको मुम्बईमा उपचार गराएर उनी साउन पहिलो साता स्वदेश फर्किएका थिए।