६६० जनामा कोरोना सङ्क्रमण



काठमाडौँ। देशभर थप ६ सय ६० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।

४ हजार ६८२ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टीजेन विधिबाट ३३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यही अवधिमा थप ४४४ जना सङ्क्रमणमुक्त पनि भएका छन्। नेपालमा निको हुने दर ९२.२ प्रतिशत रहेको छ। योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ६४१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १ सङ्क्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ९७१ जनाको मृत्यु भइसकेको छ। यता थप २० हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन्।