काठमाडौँ। काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ।
बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ५.३ म्युग्निच्युड रहेको थियो।
गत साउन १५ गते पनि खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो। पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ। २०७२ सालमा गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो।