प्रचण्ड जापान प्रस्तान



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा नेपाल सरकारका पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्तान गरेका छन्।

अध्यक्ष प्रचण्ड २०७९ साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा रहने छन्।

नेपाली जनप्रगतिशिल मन्च जापानको निमन्त्रणामा प्रचण्ड जापानमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको विमानमा शुक्रबार राति जापानको लागि प्रस्थान गरेका छन्। August 6 मा जापानको Fukuoka मा आयोजना हुने Nepal Festival Ceremony को समुदघाटन गर्ने कार्यक्रम छ।

त्यस्तै August 6 मा हिरोसिमा घटना भएको ७५ बर्ष पूरा हुन्छ। August 7 मा अध्यक्ष कमरेड प्रचण्डले हिरोसिमा भ्रमण गर्नुहुनेछ भने सोही दिन नेपाली जनप्रगतिशिल मन्च जापानको आयोजनामा Tokyo मा हुने नेपाली समुदायहरुबिच “समृद्ध नेपालको आधार: आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार ” विषयको खुला अन्तरकृया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी बन्ने छन्।

जापानमा रहँदा अध्यक्ष कमरेड प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका नेताहरूसङग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेकोे छ।

अध्यक्ष कमरेड प्रचण्डको जापान भ्रमणले नेपाल-जापान सम्बन्धलाई थप मजवुत बनाउन मद्दत गर्नेछ भने नेपालको आर्थिक विकास र समृद्धिको बाटोमा जापान सरकार र जापानमा रहेका प्रवासी नेपालीबिचमा विश्वास र सहकार्यमा बढोत्तरी हुनेमा माओवादी पार्टी विश्वस्त छ।