९१२ जनामा कोरोना संक्रमण



काठमाडौँ। पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन्।

६४९१ जनामा गरिएको नमूना परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधि १ जना संक्रमितको मृत्यु भएको छ भने ३७० जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।

मन्त्रालयका अनुसार अहिले देशभर ५७६० जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको छ।