सुर्खेत। कर्णाली प्रदेश सरकारले वर्षभरी १६ किलोमिटर सडक कालोपत्र गरेको प्रगति विवरण सार्वजानिक गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको प्रगति समीक्षा विवरणमा उक्त प्रगति विवरण सार्वजनिक गरिएको छ। प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १६ किलोमिटर सडक पिच गरेको प्रगति समीक्षामा तथ्यांक सार्वजानिक गरेको छ।
त्यस्तै ग्राभेल ११३ किलोमिटर, नयाँ सडक १८९ किलोमिटर निर्माण गरेको जानकारी दिइएको छ। त्यस्तै ९ वटा पुल, ८ वटा सडक पुल निर्माण गरेको जानकारी गराएको छ। आर्थिक वर्ष २०७८–७९ को बार्षिक प्रगति विवरण सबै मन्त्रालयले तथा प्रदेश स्तरका कार्यालयले सार्वजानिक गरिरहेका छन्। प्रगति विवरणमा सबै भन्दा राम्रो विकट जिल्ला डोल्पामा रहेको पाइएको छ।
सुगम जिल्लामा काम सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रश्नसमेत गरेका छन्। मुख्यमन्त्री शाहीले कर्मचारीको काम गर्ने स्पीड सन्तोषजनक नभएको भन्दै यो आर्थिक वर्षमा त्यस्ता गल्ती नदोहर्याउन आग्रह गरे।
सबैभन्दा ठूलो बजेटको हिस्सा भएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले कर्णालीमा सडक, पुल, जनता आवास, यातायात कार्यालयलगाएका ठूला विकासका काम गर्दै आएको छ।