माधव-प्रचण्ड समाजवादी मोर्चाको तयारीमा



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले वाम समाजवादी मोर्चा बनाउने बताएका छन्।

बिहिवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्। सत्ता गठबन्धन जारी रहने भन्दै उनले वाम मोर्चासमेत बनाउने बताए।

त्यस्तै यता पार्टीका उपमहासचीव प्रकाश ज्वालाले पनि केन्द्रीय सचिवालयको ३३औं बैठकले पनि उक्त निर्णयbगरेको जानकारी दिएका छन्। बिहीवार नै पार्टी अध्यक्ष नेपालको अध्यक्षतामा सिंहदरबारमा बैठक बसेको र विभिन्न निर्णयहरू गरेको उनको भनाई छ।

उपमहाचिव ज्वालाका अनुसार बैठकले मंसिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गर्ने सरकारको निर्णयको स्वागत गरेको छ।

पाँच दलिय गठबन्धनप्रति प्रतिबद्ध रहदै नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जसपा र जनमोर्चा, नेपालबीच वाम समाजवादी मोर्चा गठन गर्ने र आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुट्न सम्पूर्ण नेता, कार्यकर्तालगायत सिङ्गो पार्टी पंक्तिलाई अपिल गरेको छ।