काठमाडौँ। नेपालमा पहिलो पटक क्यारेम च्याम्पियन सम्पन्न भएको छ।
काठमाडौँमा भएको प्रतियोगितामा झापाका अशोक तामाङ प्रथम भएका छन्। उनले नगद ५० हजार हात पारेका छन्। प्रतियोगितामा दोस्रो झापाकै विशेष ढकाल तेस्रो काभे्रेका करण मगर र सान्त्वना ललितपुरका कविन सुनुवाल विजयी भएका छन्।
बिजेताहरूलाई खेलकुद मन्त्री महेश्वर गहतराज र अन्तराष्ट्रिय क्यारेम फेडेरेसनका महासचिव भिभेक देस नारानले नगद पुरस्कार ट्रफि र प्रमाण पत्र वितरण गर्नुभयो। विजयीहरुलाई दोस्रो हुनेलाई २५ हजार तेस्रोलाई १५ हजार र सान्त्वनालाई १० हजार नगदसहित ट्रफी र प्रमाण वितरण गरिएको थियो।
अल नेपाल क्याराम एसोसिएसनको आयोजनमा साउन १३ र १४ गते काठमाण्डौमा सम्पन्न भएको प्रतियोगितामा देशभरका एक सय प्रतियोगीहरूको सहभागिता भएको संस्थाका अध्यक्ष विनिता अर्यालले बताउनु भयो।
करिव १८ लाखको लागतमा सम्पन्न प्रतियोगिता सुरेन्द्र ढकाल फाउण्डेसनले एक लाख र उपसेनानी शौभाग्य देउजा स्मृति प्रतिष्ठानले ५० हजार वरावरको टी सर्ट सहयोग गरेको र अन्य रकम आन्तरिक ढंगबाट व्यवस्थापन गरिएको संस्थाका प्रेस संयोजक ईश्वर अर्यालले बताउनु भयो। संस्थाले आगामी अक्टोवरमा मलेसियामा हुने अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको तर्फवाट सहभागि हुने तयारी गर्दै गरेको समेत जानकारी गराएको छ।
खेलकुदको रुपमा ग्रहण नगरिएको क्यारेमलाई संस्थागत गर्दै नेपाल सहित विश्वमा पहिचान गराउने र लुकेका प्रतिभाहरूको उजागर गर्ने अभिप्रायले संस्थाको सुरु भएको अध्यक्ष अर्यालले बताईन्। संस्थालाई आगामी दिनमा देशका सबै जिल्ला र प्रदेश स्तर सम्म गठन र पुनर्गठन गर्ने पनि अध्यक्ष अर्यालले बताउनु भयो।