विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ। ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अदालतले विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको सूचना आज सार्वजनिक गरेको हो ।

हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको सूचनामा उल्लेख छ ।

यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र अदालतमा उपस्थित हुन भनिएको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ ।