नेपाल भारतसँग ८–० गोलले पराजित



काठमाडौँ। साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको छ।

नेपालले साबिक विजेता भारतसँग लज्जास्पद हार व्यहोरेको हो। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे।

टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक–एक गोल गरे। प्रतियोगिताको दुई खेलमा सहज जित निकालेको नेपाल अन्तिम खेलमा पराजित हुन पुगेको हो।

नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। भारतले तीन खेलबाट ६ अंक जोडेको छ। समान अंक भएको नेपाल गोल आधारमा तालिकाको तेस्रो स्थानमा छ। अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ।