गौतमको पार्टीले पायो दल दर्ताको प्रमाणपत्र



काठमाडौँ। वामदेव गौतमको पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएको छ।

गौतमको संयोजकत्वमा गठित नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानलाई आयोगले आइतबार दल दर्ताको प्रमाणपत्र र चुनाव चिह्न दिएको हो।

गौतमको पार्टीले गोलाकारभित्र झुलेको धानको बाला चुनाव चिह्न पाएको हो। त्यस्तै गौतमको पार्टीको केन्द्रीय कार्यालय काठमाडौं र आयोगमा पार्टीको दर्ता नम्बर १९० रहेको छ।

दल दर्ताको प्रमाणपत्र प्राप्त भएसँगै कम्युनिस्ट पार्टीहरूलाई एकीकृत गराउने अभियान जारी रहने सो पार्टीका नेता निमकान्त पाण्डेले जनाए।