नागरिकता विधेयक प्रमाणित



काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर संघीय संसदबाट पारित भएको ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन्।

उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाबाट हालै पारित भएको थियो। सभामुखबाट प्रमाणित भएसँगै उक्त विधेयक राष्ट्रपतिकोमा पठाइनेछ। राष्ट्रपतिबाट प्रमाणित भएपछि कार्यन्वयनमा आउँछ।