काठमाडौँ। नेपालले पछिल्लो १० वर्षमा बाघको सङ्ख्या दोबरभन्दा बढी पुर्याउने असाधारण उपलब्धि प्राप्त गर्दै बाघलाई लोप हुनबाट जोगाउन उल्लेख्य भूमिका निर्वाह गरेको छ।
तर उक्त कार्यको मूल्य स्थानीय समुदायले बेहोरेका छन्। बाघबाट हुने आक्रमणको सङ्ख्या बढेको छ। ”बाघसँग जम्काभेट हुँदा तपाईँमा दुई फरक भाव उत्पन्न हुन्छ,” बाघ संरक्षणका लागि गठन गरिएको एउटा एकाइका सदस्य क्याप्टेन आयुस जङ्गबहादुर राणा भने।
”ओहो कस्तो भव्य जीव। र अर्को हो म अब जीवित रहन्न कि?” बर्दियामा सशस्त्र गस्तीमा निस्किँदा उनले कैयौँ पटक पाटे बाघ देख्छन्। तराइ क्षेत्रमा रहेको बर्दियास्थित राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो र मानव गतिविधिबाट कम प्रभावित स्थान मानिन्छ।
”बाघ संरक्षणको जिम्मा पाउनु सम्मानको कुरा हो। यति महत्त्वपूर्ण काममा सहभागी हुन पाउनु गर्वको विषय हो,” राणा भन्छन्। बाघको चोरी सिकारप्रति नेपालले अपनाएको नीतिले संरक्षणको पहललाई सफल बनाएको छ।
राष्ट्रिय निकुञ्ज अन्तर्गतका टोलीलाई सेनाले पनि साथ दिएको छ। र निकुञ्जको मध्यवर्ती क्षेत्रमा चोरी सिकार जस्ता गतिविधिको अनुगमन सामुदायिक एकाइले गर्छ जसले गर्दा बाघहरू सुरक्षित रही खुला रूपमा घुम्न पाउँछन्।