बुटवल। रुपन्देहीमा पत्नी हत्याको आरोपमा एक जना पक्राउ परेका छन्।
रुपन्देहीको कञ्चन गाउँपालिका–१ डेलरका ३३ वर्षका यमबहादुर थापाले एक हजार रुपैयाँ चोरेको रिसमा कुटपिट गर्दा ३१ वर्षकी पत्नी सावित्री थापा क्षेत्रीको मृत्यु भएको खुलेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सावित्रीले साउन १० गते साँझ दराजमा श्रीमानले राखेको एक हजार रुपैयाँ झिकेकी थिइन् । राति २ बजे यमबहादुरले पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई किन नसोधी पैसा झिकेको भनी कुटपिट गर्दा मृत्यु भएको खुलेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।
यमबहादुरलाई ज्यानसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको मरासिनीले जानकारी दिए ।