नयाँ बानेश्वरमा बालेन्द्र साहविरुद्ध नाराबाजी



काठमाडौँ। बुधबार साँझ नगर प्रहरीले सडक छेउका व्यवसायीहरुका सामान उठाउन थालेपछि व्यवसायीहरूले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहविरुद्ध नाराबाजी प्रदर्शन गरेका छन्।

नयाँ बानेश्वरस्थित सडक छेउमा व्यापार गर्दै आएका व्यवसायीहरूलाई नगर प्रहरीले हटाउन थालेपछि व्यवसायीहरूले प्रमुख साहविरुद्ध नाराबाजी गरेका हुन्।

नगरपालिकाले अर्को व्यवस्थापन नगरिकन आफ्नो व्यापार बन्द गराउन खोजेको भन्दै अहिले साँझ बानेश्वरस्थित छक्कुबक्कु पार्क नजिकै सडक छेउमा व्यापारीहरू आन्दोलित बनेका हुन्। महानगरले पछिल्लो समय अन्य विभिन्न सडकको छेउमा व्यापार गर्दै आएका व्यवसायीहरुका सामान उठाउँदै आएको छ।