काठमाडौँ। भारतको मुम्बईमा क्यान्सर उपचारपछि काठमाडौं फर्केका नेपाली कांग्रेसका नेता प्रदीप गिरि फेरि ललितपुरको मेडिसिटी अस्पताल भर्ना भएका छन्।
दुई दिनअघि काठमाडौं फर्केका उनमा निमोनिया देखिएसँगै मेडिसिटी भर्ना भएका हुन्। कांग्रेस सांसदसमेत रहेका चिन्तक प्रदीप गिरि केही समययता अस्वस्थ रहँदै आएका थिए।
शारीरिक अस्वस्थताकै कारण कांग्रेसको पछिल्लो महाधिवेशनमा उनी सक्रिय रुपमा सहभागी भएनन्। सुरुमा उनको घाँटीमा समस्या देखिएको थियो। त्यसपछि उनी हिन्दुजा अस्पतालमा भर्ना भएका थिए।