चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त



काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन्।

आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। गायन हुँदै अभिनयमा प्रवेश गरेका केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन्। केसी केही अगाडि मात्र नेकपा एमालेबाट नेपाली काँग्रेस प्रवेश गरेका हुन्।