२४ घण्टामा ५६८ जना कोरोना संक्रमित थपिए



काठमाडाैँ। पछिल्लो २४ घण्टामा देशभर ५६८ जना कोरोनाको नयाँ संक्रमित थपिएका छन्।

४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३०८४ र एन्टिजेन विधिबाट १७१६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, एक जनाको कोरोनाको संक्रमणका कारण मृत्युसमेत भएको छ। नयाँ संक्रमित भेटिएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ३५३४ पुगेको छ। यस्तै सो अवधिमा ९५ जना संक्रमणबाट निकोसमेत भएका छन्।