देविका केसीको ‘नाई बाबा नाई’ बजारमा (भिडियोसहित)



काठमाडौँ। लोकप्रिय गायिका देविका केसीको तीजगीज ‘नाई बाबा नाई’ बोलको गीत बजारमा आएको छ।

शिव हमालको शब्द संगीत रहेको उक्त गीतमा गायिका केसीको सुमुधुर आवाज रहेको छ। स्मृति तिमिल्सिनाको निर्देशन रहेको उक्त गीतको म्युजिक भिडियोमा प्रिति आलेको नृत्य तथा राजकुमार अधिकारीको अभिनय रहेको छ।

राजेश घिमिरेले गीतका दृश्यहरु क्यामेरामा कैद गरेका छन्। गीत म्युजिक भिडियो सम्पादन प्रकाश धमलाले गरेका छन्। गीतमा मन परेको मान्छेलाई कसरी नाता साइनोले बोलाउने होला? भन्ने खालका अभिव्यञ्जनाहरु छन्। प्रेमील शैलीको गीतमा तयार पारिएको गीतमा प्रिति आलेको दमदार नृत्य देख्न सकिन्छ।