पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु



काठमाडौँ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने ३४७ जना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा दुई हजार ३६० पीसीआर परीक्षणमा ३०३ जना र १५२८ एन्टिजेन परीक्षणमा ४४ जना गरी ३४७ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै थप ९५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार १७७ पुगेको छ। जसमध्ये तीन हजार ३५ जना होम आइसोलेसनमा र १४२ जना संस्थागत आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा रहेकामध्ये २२ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा छन्।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै काठमाडौं जिल्लामा १६९ जना संक्रमित भेटिएका छन्। त्यस्तै ललितपुरमा ३५, कास्कीमा २७, मोरङमा १७ र भक्तपुरमा १२ जना संक्रमित भेटिएका छन्।