जुम्ला। कर्णाली प्रदेश सभामा बिचाराधिन रहेको जुम्लासँग जोडिएका ३ वटा विधेकबारे प्राज्ञिक छलफल भएको छ।
सनिबार कर्णाली प्रदेश सभामा विचाराधिन रहेका प्रवतिय बिज्ञान तथा प्रविधि विधेक, सिंजा सभ्यता तथा विकास विधेक र नव प्रवर्तन अन्वेशण तथा आविस्कार बिधेकमाथी प्रागिक छलफल भएको हो।
नेपाल पत्रकार महासंघ जुम्लाको आयोजनामा उक्त तीन वटा विधेकमाथी छलफल भएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए।
छलफलमा राजनीतिक दलका प्रतिनिधिबाहेक प्राज्ञिक व्यक्तिहरुलाई आमन्त्रण गरिएको थियो।
कार्यक्रममा अधिवक्ता पदम बहादुर शाहीले बिधेक फेल किन हुन्छ्न्? भन्ने विषयमा बोल्दै कुनै पनि बिधेक सम्बिधानत प्रस्तुत हुने र संविधानसंग बाझिन खोजे वा सोही प्रकृतिका अन्य बिधेयक पहिले नै पास भैसकेपछी बिधेक फेल हुन सक्ने व्यबस्था संविधानमा रहेको धारणा प्रस्तुत गरेका थिए।
त्यसै गरि बिध्यार्थी नेता महेन्द्र कार्कीले कुनै पनि राम्रो कामको लागि संघर्ष नगरी सफल नभएको ईतिहास सम्झाउदै उल्लेखित बिधेयक पनि पारित गराउन संघर्श गर्न आबस्यक रहेको ले सबै एकै ठाउमा आउन अनुरोध गरे।
चन्दनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक महतले कुनै पनि इतिहासलाइ बचाइ राख्न लिपिबद्ध गर्न आवस्यक रहेको धारणा प्रस्तुत गरे। महतले कर्णालीको संस्कृती बचाउन सिंजा सभ्यता सम्बन्धी विधेकले सहयोग गर्ने भएकोले आवस्यक रहेको बताए।
सामाजिक विकास कार्यालय जुम्ला प्रमुख तुलाराम चौलागार्इँले खस भाषामा कथ्य भएपनी लेख्यमा समस्या भएका कारण त्यस सम्बन्धी लेख्य सहज गराउन उक्त विधेक अपरिहार्य हुन सक्ने बताए।
उनले बिधयेकमा केही त्रुटी भएता पनि खस सभ्यतालाई चिनाउन लागि परे सफल नहुने कुनै कुरा नभएको दाबी गरे। कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले कुनै पनि परिकल्पना गर्नु खराब नभए पनि संचालन गर्न चुनौती रहेको बताए।
उनले परिकल्पना आफैमा नराम्रो होइन तर पछि कसरी संचालन गर्ने र त्यसलाई ब्यबस्थित कसरी गर्ने भन्ने तिर ध्यान दिन आवस्यक रहेको बताए। नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले राम्रो काम गर्नेको ईतिहास रहने हुँदा उल्लेखित बिधेक सफल बनाउन आवस्यक रहेको बताए।
कार्यक्रममा बक्ताहरुले बिधेक जुम्लाको मात्र नभै समग्र कर्णालीको हितमा रहेको बताएका थिए। छलफलमा कर्णाली स्वास्थबिग्यान प्रतिस्ठान, जुम्ला बहुमुखी क्याम्पस प्रमुख उपप्रमुख नागरिक समाज पत्रकार तथा बौधिक ब्यक्तित्वको सहभागिता रहेको थियो। कर्णाली प्रदेश सभामा उल्लेखित बिधेयक बिचाराधिन रहेपछी जुम्लाबाट प्रतिनिधित्व गर्ने सांसब नरेश भण्डारिले सुर्खेत मा सडक संघर्ष गर्दै आइरहेका छन्।