पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना संक्रमण



काठमाडौँ। पछिल्लो २४ घण्टामा ३३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ९९६ नमुना परीक्षणमा ३३५ जनामा संक्रमण पुष्टि भएको हो। एक हजार ८८ पीसीआर परीक्षणमा २१६ र एक हजार ९०८ एन्टिजेन परीक्षणमा ११९ गरी ३३५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८६ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या दुई हजार ९७१ रहेको छ । सक्रिय संक्रमितमध्ये दुई हजार ८३२ जना होम आइसोलेसनमा र १३९ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २५ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु भएको छैन। पछिल्लो २४ घण्टामा काठमाडौंमा १०८, ललितपुरमा ३८, मोरङमा १८, चितवनमा ६, धनुषामा १२, भक्तपुरमा ५, सुनसरी, कास्की र नवलपरासी पूर्वमा ४–४ जनामा संक्रमण पुष्टि भएको छ ।