काठमाडौँ। तालिबानले एउटा नयाँ आदेश जारी गर्दै ‘इस्लामिक इमिरेट्स अफ अफगानिस्तान’का विद्वान र सार्वजनिक सेवकहरुको बिना कुनै प्रमाण आलोचना गर्नेहरूलाई सजाय दिने चेतावनी दिएको छ।
यस्तो सजाय इशारा, शब्द वा अन्य जुनसुकै माध्यममार्फत हुन सक्ने उसले जनाएको छ। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले आफ्ना नेता मुल्ला हेबतुल्लाह अखुन्दजादालाई श्रेय दिँदै उक्त नयाँ निर्देशन प्रकाशित गरेका छन्। तालिबानका सर्वोच्च नेता अखुन्दजादाको नयाँ निर्देशनअनुसार जनतालाई सरकारी कर्मचारी र अधिकारीविरुद्ध अनावश्यक आरोपहरू रोक्न उर्दी दिइएको छ।
केही मानवअधिकार संगठन र मिडिया रिपोर्टअनुसार तालिबानले सोशल मिडियामा आलोचना गर्ने केही व्यक्तिहरूलाई गिरफ्तार, कैद र यातना दिएको छ। तालिबान नेताको नयाँ निर्देशनमा त्यस्ता कार्यहरूलाई ‘नकारात्मक प्रचार’को रूपमा लिइएको छ।