अध्यक्ष नेपालद्वारा कमल शाहीलाई स्वागत (फोटोफिचर)



काठमाडौँ। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाहीलाई स्वागत गरेका छन्। अध्यक्ष नेपालसहित पार्टीका उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव प्रकाश ज्वालालगायत नेताहरुले शाहीलाई स्वागत गरेका हुन्।

यसअघि शाही स्वतन्त्र जनप्रतिनिधिका रुपमा रहेका थिए। स्थानीय निर्वाचनमा समाजवादी पार्टी र माओवादी केन्द्रको समर्थनमा मेयरमा विजयी बनेका थिए। त्यसयता शाही कुनै पनि राजनीतिक दलको कार्यक्रममा सहभागि भएका थिएनन्।

एकीकृत समाजवादी पार्टीले जनप्रतिनिधिहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष नेपालले शाहीलाई पाटीमा स्वागत गरेका थिए।

शाहीले २ हजार ९१९ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जसीप्रसाद पाण्डेले २ हजार ६०९ मत ल्याएका थिए। मेयर शाही एकीकृत समाजवादी पार्टीका कर्णाली प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी कालिकोटका उपाध्यक्ष हुन्।