काठमाडौँ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको छ। देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।
प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बिहीबार सुदूरपश्चिम र प्रदेश १ का एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यता शुक्रबार देशको पहाडी भू-भागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघगर्जन\ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।