काठमाडौँ। रेभान्स शीव म्युजिकको युट्युव च्यानलबाट तीजगीत ‘धोबीखो’ला को भिडिओ सार्वजनिक भएको छ।
हेमनाथ खरेलको शब्द रचना र वीरबहादुर विश्वकर्माको सङ्गीत रहेको उक्त गीतमा देवी घर्ती, वीरबहादुर विश्वकर्मा, रमेश विश्वकर्मा र ओम सेन्चुरीको स्वर रहेको छ।
विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको मिक्सिङ÷माष्टरिङ खड्ग बाजुरालीले गरेका हुन्। खिमानन्द खरेलको लगानी एवं परिकल्पनामा निर्मित यस म्युजिक भिडिओको निर्देशन तथा सम्पादन वीरेन्द्र भाट ‘विपिन’ ले गरेका हुन्।
लोकेश भाटले सहायक सम्पादकको रुपमा काम गरेका छन्। शिवजी क्षेत्रीको कोरियोग्राफी र राम केसीको सिनेम्याटोग्राफी रहेको यस भिडिओमा लोमश शर्मा, अस्मिता रनपाल, कैलाश कठायत र कोमल पाण्डेले प्रमुख मोडलको रुपमा अभिनय गरेका छन्। भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको हो।