हिमा गाउँपालिकाले ५० हजार वृक्ष रोपण गर्ने



जुम्ला। जिल्लाको हिमा गाउँपालिकाले ५० हजार विरुवा रोप्ने भएको छ।

गापाको १२औं गाउँसभाबाट पारित नीति तथा कार्यक्रमलाई मंगलबार अध्यक्ष लक्ष्मण शाहीले उद्घाटन गरेका छन्। जसअनुरुप हरियाली सडक र हरियाली नदी तथा नाङ्गा डाँडापाखामा ५० हजार वृक्ष रोपण गर्ने कार्यक्रम रहेको छ।

हिमा गाउपालिकाको वडा नम्बर ४ मा रहेको मष्टा मन्दिरको परिसरमा र वडा नम्बर ५ को भूगाल पाटामा वृक्ष रोपण कार्य प्रारम्भ गरिएकाे अध्यक्ष शाहीले बताए। गाउँपालिकाले उक्त अभियानमा सबैको साथ, सहयोग, समर्थनको अपेक्षा गरेको छ।