काठमाडौँ। राप्रपा नेपालले २९ वटा विभाग गठन गर्दै प्रमुख तोकेको हो।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्वास्थ, जनसंख्या तथा लैङ्गिक विभागम प्रमुखमा प्रतिस्ठा थापा रायमाझी र सदस्य सचिवमा जनकबहादुर फडेरालाई मनोनयन गरेका छन्।
सोमबार अध्यक्ष थापाले विधान बमोजिम विभाग गठन गर्दै प्रमुख तथा सदस्य सचिवसमेत चयन गरेका हुन्। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा कमल थापा नै चयन भएका छन्।
त्यस्तै अनुशासन आयोगमा राजीव पराजुली, प्रशिक्षण विभागमा सुशील श्रेष्ठ, संगठन विभागमा राजाराम बर्तौला, सूचना तथा प्रविधि विभागमा लाक्पा तामाङ प्रमुखमा चयन भएका छन्।