काठमाडौँ। कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ४५७ कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
२ दिनमै संक्रमितको संख्या दोब्बर देखिन्छ। आइतबार संक्रमितको संख्या जम्मा १३५ रहेको थियो। साथै मृत्यु संख्या पनि थपिन थालेको छ। ४ महिनापछि आइतबार एक जनाको कोरोनाबाट मृत्यु भएको थियो। त्यस्तै सोमबार पनि कोरोनाबाट १ जनाको मृत्यु भएको छ।
कुल २ हजार ३४१ र २ हजार ३१० कुल ४ हजार ६५१ परीक्षणमा ३८६ पीसीआर तथा ७१ जना एन्टिजेनमा परीक्षणबाट संक्रमित पुष्टि भएका हुन् । संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या १७७६ पुगेको छ। त्यसैगरी डिस्चार्ज हुनेको संख्या २४ घण्टामा ४८ रहेको छ।