जुम्लामा स्याउ पाक्न सुरू, रंगिए बगैचा (फोटो/भिडियोसहित)



जुम्ला। कर्णाली प्रदेशको जुम्लामा अर्गानिक स्याउ पाक्न सुुरु गरेको छ।

असारको अन्तीदेखि साउन महिनाभरी स्याउ बैगाचाहरु राताम्मे बन्छन्। अहिले स्याउका बगैचा राताम्मे भएका छन्। हेर्दै खाउखाउ लाग्ने जुम्लाका स्याउको पछिल्लो समय देशका मुख्य सहरमा माग बढेको पाईन्छ । जुम्लाको स्याउ मात्रै नभए बनस्पति, मार्सी चामलसँगै धेरै निर्यात हुने नगदे कृषि फलफूलको रुपमा स्याउलाई लिइन्छ।

किसानका स्याउका बगैचा अहिले एकातिर लटरम्म फलेको स्याउको फलले भरिएका छन् भने अर्कोतिर स्याउ रोपिएका डाँडाका पाखा र खेत पनि रंगिन भएका छन्। केही स्याउका रुखमा स्याउ अत्याधिक आएको हुँदा बोटनै भाचिएका छन्।       https://youtu.be/Wh22OtRkbn4