तस्बिर: सूर्य बिसी
काठमाडौँ। शहरी विकास मन्त्री मेटमणि चौधरीले विकास भनेको चिल्ला सडक र भवन मात्र नभएर संस्कार पनि भएको बताएका छन्।
शुक्रबार साँखुको भगवती माध्यमिक विद्यालयमा विद्यार्थीहरूसँगको अन्तक्रिर्या कार्यक्रममा चौधरीले यस्तो बताएका हुन्। मन्त्री चौधरीले सभ्य, सुन्दर र व्यवस्थित सहर निर्माणमा सबै पक्षको सुझाव सङ्कलन गर्ने उद्देश्यले अन्तरक्रिया गर्न थालिएको बताए।
उनले सोहीअनुसार आफू साँखु आएको स्पष्ट पारे।विभिन्न विद्यालयबाट कार्यक्रममा सहभागी भएका विद्यार्थीहरुले सो अवसरमा मन्त्रीसमक्ष व्यवस्थित सहर निर्माणबारे आफ्ना प्रश्न राखेका थिए।