दैलेख। दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ। पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो।
प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताए। घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ।