जुम्ला। चन्दनाथ मन्दिरको मण्डपमा गरिएको रंगरोगनको बिरोध भएको छ।
सामजिक संजालमा तस्बिर सार्सार्वजनिक भएसँगै उक्त रंग रोगनको बिरोध भेको हो।
हिन्दु धर्मवालम्बिको आस्थाको धरोहर मानिने चन्दनाथ मन्दिर मा इस्लाम धर्मावलम्बिको मस्जिदमा लगाउने रंग जस्तो भएको कारण यो स्विकार्य नभएको आचार्यबाडा का धर्मराज आचार्यले बताए।
त्यस्तै सिंजाका मकर हमालले यो रंगको कारण धार्मिक हिंसा भए जिम्मेवारी को हुने भन्दै प्रश्न उठाएका छन्। “यो सरासर गलत हो यो रंग हेर्दा भक्तजन र हिन्दु धर्मामा आस्था राख्ने जो कोहिलाइ पनि स्विकार्य हुनै सक्दैन, हमालले भने।”
यता चन्दनाथ भैरवनाथ गुठी ब्यबस्थापन समितिका अध्यक्ष पुणसिं कठायत भने यो आलोचनालाई स्विकार्न आनाकानी गरिरहेका छन्। अन्य धर्मावलम्बीसँग मिल्ने रंग नै किन ? भन्ने कणाली सन्देशको प्रश्नमा कठायतले रातो रिग्बेद, पहेलो दत्रातय भगवान र सेतो चन्द्रमा भएकाले भुत भविस्य र बर्तमानको त्रिकोणात्मक सम्बन्धको आधारमा राखिएको जिकिर गरे।
उनले हिन्दु बास्तुसास्त्र अनुसार नै मण्डप बनाइएको र त्यसैका आधारमा रंग रोगन गरियको बताए।
कठायतले बाहिरी आलोचाना गर्नेहरु काग हुन् र आफू बाघ हुँ भन्दै कागले ठुंग्दै गर्छ म बाघ हिंड्दै गर्छु भन्दै आलोचनाको औचित्य नरहेको बताए।
मेरो घाँटी काटिय पनि यो रंग परिवर्तन हुँदैन कठायतले भने। मन्दिरलाई दान चन्दा दिन नसक्ने र संरक्षण गर्न नचाहानेले बिरोध गरेको बताए।
उनले गुठिको जग्गा ब्यक्तिले अधिकरण गर्दा नबोल्नेहरु सामान्य रंगरोगनमा बिरोध गर्नुको कुनै तुक नरहेको बताए ।
गुठिका सचिव जितबहादुर महत भने रंगरोगनको विषयमा समितिमा कुरा उठेको अध्यक्ष आफै ज्योतिषी भएको कारण सबैको ज्ञान लगेरै छान्नु भएकोले कसैले बिरोध नगरेको बताए ।
महतले यसरी बिरोध हुने भन्ने आकलन नभएकोले रंग्याएको हो तर धेरै बिरोध हुन थालेकोले समितिमा छलफल गरेर परिवर्तन गरिने बताए। उनले रंगकै आधारमा हिँसा भड्काउन भन्दा समयमै ब्यबस्थापन गर्न तिर लाग्ने बताए।
मन्दिरको पुर्व पट्टि करिब ११ लाख खर्चमा बिवाह मण्डप निर्माण गरिएको छ। उक्त मण्डपलाई रंग रोगन गरेपछी आलोचना आउन थालेको हो। https://youtu.be/6DTrQK4pjXU