बाबुरामसहित नौ जना नेता जसपाबाट निष्कासित



काठमाडौँ। जनता समाजवादी पार्टी नेपालले पार्टीका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईसहित नौ जनालाई पार्टीबाट निष्कासित गरेको छ।

पार्टीबाट निष्कासित पर्नेहरूमा डा।बाबुराम भट्टराई, कार्यकारिणी सदस्य महेन्द्रराय यादव, हिसिला यमी, गङ्गा श्रेष्ठ, प्रशान्त सिंह, भक्तबहादुर शाही र केन्द्रीय सदस्यहरू रमेश यादव र दानबहादुर चौधरी रहेका छन्।

त्यसैगरि, संघीय परिषद्को अध्यक्षबाट बाबुराम भट्टराईलाई हटाएपछि सो ठाउँमा अशोक राईलाई मनोनीत गरेको छ।