काठमाडाैँ। सहरी विकास मन्त्री मेटमणि चौधरीले सुन्दर, सफा, हराभरा सहर र स्वस्थ्य जीवनका लागि सराेकारवालासँग संवाद गर्ने भएका छन्।
यस क्रममा सहरी विकास मन्त्रालयको आयोजनामा शुक्रबार बिहान ११ बजे साँखु स्थित भगवती उच्चमाविका विद्यार्थीसँग मन्त्री चौधरीले सुझाव तथा राय लिने भएका छन्।
मन्त्री चौधरीका प्रेस संयोजक सूर्य बिसीका अनुसार स्थानीय जनता, सरोकार पक्ष, विद्यार्थीदेखि समाजका विभिन्न तह र तप्काका मानिसहरुसँग छलफललाई अघि बढाउने भएका छन्।
मन्त्री चौधरीले बहुपक्षिय छलफलबाट प्राप्त सुझावकै आधारमा अल्पकालीन तथा दीर्घकालीन कार्य योजनामा बनाएर सुन्दर सहर निर्माणको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुने बताएका छन्।