अध्यक्ष पराजुली र उपाध्यक्ष पन्तको स्वास्थ अवस्था गम्भीर



काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले त्रिवि सुधारका निम्ति सुरुगरेको आमरण अनसनको तेस्रो दिनसम्म पनि कुनै माग सम्बोधन भएका छैनन्।

संगठनका अध्यक्ष सुदेश पराजुली र उपाध्यक्ष माधव पन्तको स्वास्थ्य अवस्था कमजोर बनेपछि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। अनेरास्ववियू स्थायी कमिटी सदस्य हर्क बहादुर बमका अनुसार अध्यक्ष पराजुली र उपाध्यक्ष पन्तको स्वास्थ स्थिति कमजोर बनेपछि अस्पताल भर्ना गरिएको हो।

अध्यक्ष पराजुली र उपाध्यक्ष पन्तलाई बुधबारदेखि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मोनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। अनेरास्ववियूले गत मंगलबारदेखि त्रिवि परिषरमा १३बुँदे मागसहित अनसन सुरु गरेको थियो।

विधावारिधिमा विद्यार्थीहरुलाई सौलियत दिनुपर्ने, १४ वर्षदेखि अलपत्र स्ववियू निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमिस्टार प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, पाठ्यक्रम समयानुसार निर्माण गरिनुपर्ने, त्रिवि पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्य गर्नुपर्ने जस्ता महत्वपूर्ण माग अघि सारिएका छन्।