सुर्खेत। कर्णाली प्रदेशमा दलितहरूकाे जनसंख्या २९ प्रतिशत रहेको छ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ८ मा रहेको २९ प्रतिशत दलितहरूकाे प्रतिनिधित्व गर्ने एकमात्र आयाेजना दलित छात्रावास १४ वर्षदेखी निर्माणाधीन अवस्थामा छ।
दलित छात्रावास भवनकाे निर्माण कार्य २०६५ सालदेखि नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले शुरूवात गरेकाे थियो। उक्त छात्रावास मप विश्वविद्यालय पश्चिममा रहेकाे छ ।
वर्षेनी न्यून बजेट आउने गरेकाे हुनाले र सरकारकाे प्राथमिकतामा नपरेको कारण छात्रावास भवनकाे अवस्था नाजुक रहेको छ।
कर्णाली प्रदेश सरकारसँग भवन निर्माणका लागि रकम माग गरिएता पनि अन.व. २०७९/८० मा वजेट विनियोजन गरिएको छैन। यसैसँग नजिक रहेको प्रदेश सुशासन केन्द्रकाे कम्पाउण्ड वाल निर्माण तथा मर्मत सुधारका लागि ४ कराेड रकम विनियोजन गरिएको छ। तसर्थ सरकार नै यति पुर्वाग्रही किन भएको हाेला?
वजेट निर्माणमा दलितहरूकाे आवाज वाेलिदिने काेही नभएको हुनाले यस्तो भएको हाे त? सवै नागरिक र समुदायको अभिभावक प्रदेश सरकार नै हाे। तसर्थ छात्रावास भवन निर्माणका लागि वजेट विनियोजन गर्न ध्यानाकर्षण गर्दर्छौं।