काठमाडौँ। सहरी विकास मन्त्री मेटमणि चौधरीले फोहोरलाई मोहोरमा परिणत गरी आर्थिक विकास र रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन्।
उनले फोहोरबाटै ग्याँस, मललगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारीसमेत सिर्जना गर्ने बताएका हुन्।
आज मन्त्रालयमा आयोजित फोहारमैला व्यवस्थापनमा क्रियाशील नेपालकै पहिलो कम्पनी भेन्चर वेष्ट टु इनर्जीको विज्ञ टोलीसँग सहरी मन्त्री मेटमणि चौधरीले फोहोरको दीर्घकालीन समाधान गर्ने बताएका छ्न्।
फोहोर व्यवस्थापनमा गम्भीर देखिएका मन्त्री चौधरीले भनेन, ‘हामीले गफ धेरै ग¥यौँ। अब काम गरौँ। काठमाडौँको फोहोर मात्रै होइन देशैभरिको फोहोरलाई व्यवस्थित ढंगले व्यवस्थापन गरौँ।
फोहोरबाटै ग्याँस, मल लगायत पदार्थको उत्पादन गरी आर्थिक विकास र रोजगारी समेत सिर्जना गर्नेतिर ध्यान दिनतर्फ सोचौँ। मन्त्रालय फोहोरको स्थायी समाधान गर्न तयार छ।’
भेन्चर वेष्ट टु इनर्जीले नेपालमा ५५ देखि ६५ प्रतिशत सम्म कुहिने फोहोर, २५ प्रतिशतसम्म रिसाइकल योग्य फोहोर र बाँकी काम नलाग्ने खालको फोहोर उत्पादन हुने बताएको थियो। काठमाडौँमा मात्र फोहोरबाट वर्षेनी ६८ लाख लिटर पेट्रोल विस्थापित गर्न सकिने अनुमान प्रक्षेपण गरेको छ भने दैनिक १५ टन मल उत्पादन हुन सकिने जनाएको छ।
धरान उपमहानगरपालिकासँगको सहकार्यमा फोहोर व्यवस्थापन गरिरहेको उक्त संस्थाले हालै दैनिक रुपमा फोहारमैलाबाट जैविक इन्धन उत्पादन गर्न सुरु गरेको बताइएको छ।