ललितपुर। पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धी समस्या हल गर्न पहल गर्ने प्रतिवद्धता जनाएका छन्।
मंगलवार निवास खुमलटार आएको गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डललाई अध्यक्षले भने,‘गैरआवासीय नेपालीहरुको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौं र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकता सम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिवद्ध छौं।’
भेटवार्तामा गैरआवासीय नेपाली संघको प्रतिनिधि मण्डलले नागरिकता समस्या सहितका विषयहरु समावेश गरी सदनमा पेश भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिँदै विधेयक सदनबाट पास गराएर ८० लाख गैरआवासीय नेपालीहरुको अधिकार सुनिश्चित गर्न पहलका लागि अनुरोध गरेको थियो।