काठमाडौँ। त्रिभूवन विश्वविद्यालयमा जारी विकृति अन्त्यका लागि नेकपा (एकीकृत समाजवादी) पार्टी निकट अनेरास्ववियूले आमरण अनसन थालेको छ।
मंगलबारदेखि त्रिवि परिषरमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीद्वारा जारी विज्ञप्तिमा १३ बुँदे मागसहित अनसन थालिएको जनाइएको छ।
विधावारिधिमा विद्यार्थीहरुलाई सौलियत दिनुपर्ने, १४ वर्षदेखि अलपत्र स्ववियू निर्वाचनको मिति घोषणा गर्नुपर्ने, सेमिस्टार प्रणालीलाई व्यवस्थित गर्नुपर्ने, पाठ्यक्रम समयानुसार निर्माण गरिनुपर्ने, त्रिवि पदाधिकारी नियुक्तिमा राजनीतिक भागबण्डाको अन्त्य गर्नुपर्ने जस्ता महत्वपूर्ण माग अघि सारिएका छन्।