कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि बस्दैछ।

आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा र पार्टीका विविध विषयलाई छलफलको एजेण्डा बनाइएको छ।

काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले स्थानीय तह निर्वाचन २०७९ को समीक्षा आउँदो प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको रणनीतिका सन्दर्भमा पनि छलफल हुने बताए।

बैठकमा १३ भ्रातृ तथा शुभेच्छुक संस्थालाई मान्यता दिने प्रस्ताव पेस हुनेछ। आइतबार बसेको पदाधिकारी बैठकले दुई वटा भ्रातृ संस्था र नौ वटा शुभेच्छुक संस्था थप गर्ने प्रस्ताव अगाडि बढाएको थियो।