श्रीलंकाली राष्ट्रपतिको कार्यभार सभामुख अभयवर्द्धनाले सम्हाल्ने



काठमाडौँ। श्रीलंका सभामुख महिन्दा यापा अभयवर्द्धना अस्थायी राष्ट्रपति हुने भएका छन्। पार्टीका नेताहरुको अनुरोध र श्रीलंकाका जनताको सुरक्षाका लागि राष्ट्रपति पद सम्हाल्न लागेको अभयरवर्द्धनाले बीबीसीसँग भनेका छन्।

सभामुख अभयवर्द्धनाले राष्ट्रपति र प्रधानमन्त्रीले अब पद त्याग्नुपर्ने बताएका छन्। श्रीलंकाको संविधान अनुसार उनले अब केही दिनसम्म राष्ट्रपति पद सम्हाल्ने बीबीसीले जनाएको छ।

चर्को आर्थिक संकटका कारण आन्दोल चर्किएपछि श्रीलंकाका राष्ट्रपतिले निवास छाडेका थिए। उक्त निवास आन्दोलनकारीले नियन्त्रणमा लिएका थिए। उनीहरुले प्रधानमन्त्री रनिल विक्रमसिंघेको घरमा पनि आगजनी गरिदिएका छन्।

सभामुख अभयवर्द्धनाले राष्ट्रपति गोटाबाया राजापाक्षले १३ जुलाईको दिन राजीनामा दिने बताएको जानकारी दिएका छन्। यसअघि प्रधानमन्त्री रनिल विक्रमसिंघेले पनि राजीनामा दिनका लागि तयार भएको बताएको सभामुखले बताए।