‘के बाँचौ खै पीडा बोकेर’ बोलको गीत बजारमा (भिडियोसहित)



काठमाडौँ। भुपेन्द्र पुलामी, सविना सेर्पा र प्रतिभा सुवेदीको युगल स्वर ‘के बाँचौ खै पीडा बोकेर’ बोलको कर्णप्रिय गीत बजारमा आएको छ ।

दीपक बिष्टको शब्द रचना तथा धनराज वास्तविकको संगीत रहेको गीतमा नायक विजय केसी र मोडल गीता केसीको मार्मिक अभिनय रहेको छ । नरेन्द्र धामीले निर्देशन गरेको गीतका दृश्यहरु सरोज शाहीले क्यामेरामा कैद गरेका हुन्। गीतको म्युजिक भिडियो सम्पादन निराजन केसीले गरेका छन्।

भिडियो हेर्नुहोस्