२४ घण्टाभित्र १०२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १०२ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा २६१५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो। यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ।

१५३९ पीसीआर परीक्षणमा ७२ र एक हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १०२ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका छन्।