सान्नी त्रिवेणी वडा नम्बर २ मा चुटानी मेसिन जडान



कालिकोट। जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा वडा नम्बर २ मा चुटानी मेसिन जडान गरिएको छ।

बुधबार सान्नीत्रिबेणि गाउँपालिका वडा न २ का वडा अध्यक्ष बशन्त बहादुर बुढाको प्रमुख आतित्थ्यतामा उक्त मेसिन जडान गरिएको हो।

कृषि शाखा प्रमुख प्रेम सार्कीका अनुसार गाउँपालिकाले वडा न २ का स्थानीयलाई अनुदानमा उपलब्ध उक्त मेसिन उपलब्ध गराइएको हो। यो मेसिनले वडा नम्बर १ र २ का नागरिकलाई प्रत्यक्ष लाभ पुग्नेछ।

मेसिन धान, गहु, कोदो आदी नगदे बाली चुट्ने काममा प्रयोग हुनेछ। कार्यक्रममा सान्नी त्रिवेणी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बुढा, १ नम्बर वडाका अध्यक्ष वैकुण्ठराज गिरी, कृषि शाखा प्रमुख प्रेम सार्की, टेकराज गिरी, जनकबहादुर बुढालगाएतका स्थानीयको उपस्तिथी रहेको थियो।