काठमाडौँ। सत्तारुढ दल नेकपा ९एकीकृत समाजवादी०को प्रथम केन्द्रीय परिषद बैठक अध्यक्षको राजनीतिक प्रतिवेदनका साथै १५बुँदे समसामयिक प्रस्ताव सर्वसम्मत पारित गर्दै गत मंगलबार सम्पन्न भएको छ।
बैठकमा अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा विभिन्न ११ समूह बनाएर समूहगत छलफल भएको थियो। भूगोलतर्फ ७ प्रदेश र अन्य गैरभौगोलिक प्रदेशमा भएका छलफलको निष्कर्ष टोली नेताहरूले प्रस्तुत गर्नुभएको थियो । यो अंकमा भूगोलतर्फ ४ प्रदेशका टोली नेताले दिएको सुझाव प्रस्तुत छः
कांग्रेस र माओवादीलाई मात्र फाइदा हुने गरी गठबन्धन गर्नु हुँदैन
अर्जुन राई, प्रदेश १
गठबन्धनको बस्तुगत समीक्षा हुनुपर्छ । गठबन्धनमा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०बाट असहिश्रु र छलकपटपूर्ण व्यवहार भयो । आगामी संघ र प्रदेशको निर्वाचनमा गठबन्धन गर्ने विषय अहिल्यै टुंगो लगाउनुपर्छ ।
स्थानीय तहको जस्तो कमजोरी संघ र प्रदेशको निर्वाचनमा हुनुहुँदैन । हाम्रो प्रयत्न वाम गठबन्धनमा हुनुपर्छ । पाँचदलीय गठबन्धन नै कायम राख्ने हो भने पनि अहिले नै त्यसको मोडालिटी तयार पार्नुपर्छ । हामी पेलिने तर, कांग्रेस र माओवादीलाई मात्र फाइदा हुने गरी गठबन्धन गर्नु हुँदैन ।
स्थानीस्य तह निर्वाचनमा पाँच दलीय गठबन्धन मुलतः असफल भएको एकीकृत समाजवादीको निष्कर्ष हो । मुख्यगरी, गठबन्धनबाट कांग्रेस र माओवादीले मात्र फाइदा लिएको बुझाइ रहेको छ । यही, बुझाइका साथ एकीकृत समाजवादीका नेता, कार्यकर्ता गठबन्धनबारे सोच्नुपर्ने पक्षमा पुगेका छन् ।
हामीले असल, सच्चा कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्छ । पार्टीलाई विधि, विधानअनुसार चलाउनुपर्छ । असल कम्युनिष्ट पार्टी निर्माण गर्नका निम्ति हाम्रा प्रशिक्षकहरू अत्यन्त कम छन् ।
नीतिगत, सैद्धान्तिक वैचारिक हिसावले छलफल गर्ने, बहस गर्ने काम न्यून भएको छ । पार्टी स्कुल विभागले तुरुन्त कार्ययोजना बनाएर यस विषयमा काम थाल्नुपर्छ । साथै, जनसंगठनहरू उद्धेश्य, मर्म र भावनाअनुसार चल्न सकिराखेका छैनन् । जनसंगठनहरूलाई उद्धेश्य पूरा गर्ने गरी सक्रिय बनाउनु पर्छ ।
राष्ट्रियताको सन्दर्भमा गठबन्धन सरकारमा एकरुपता छैन । हाम्रो पार्टीको तर्फबाट सरकारलाई सुझाव पेश गर्नुपर्छ । राष्ट्रियता र विदेश मित्रराष्ट्र खासगरी छिमेकी राष्ट्र चीन र भारत सँगको हाम्रो सम्बन्धमा असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त अनुसार हुनुपर्छ ।
गठबन्धनले पेल्न खोज्छ भने एक्लै निर्वाचन लड्नुपर्छ
सूर्यचन्द्र न्यौपाने, बागमती प्रदेश
पाँचदलीय गठबन्धनको गम्भीर समीक्षा हुनुपर्छ । गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र०ले हामीलाई ‘मिनिमाइज’ गर्ने काम गरे । यसका बाबजुद हामीले बागमती प्रदेशमा हेटौँडा उपमहानगरसहित केही पालिका प्रमुख र उपप्रमुखसहितमा जित हासिल गरेका छौँ ।
यद्यपि, यो जित पर्याप्त होइन । आगामी दिनमा गठबन्धनलाई सुधार गरेर लैजानुपर्छ । पार्टीको सम्मानजनक अवस्था हुने गरी गठबन्धन हुर्नुपर्छ । अन्य दललाई मात्र फाइदा हुने गरी गठबन्धनमा जानुहुँदैन ।
पाँचदलीय गठबन्धनले पेल्न खोज्छ भने बरु एक्लै निर्वाचन लड्नुपर्छ । संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी पार्टीले तयारी तत्काल थाल्नुपर्छ ।
सकभर हामीले वामपन्थी एकतामा जोड दिनुपर्छ । वामपन्थीहरूसँग एकता सम्भव नभए चुनावी तालमेल गरेर अगाडि बढ्नुपर्छ । पार्टी संगठनलाई पनि व्यवस्थित गर्नुपर्ने छ ।
एक टोल, एक कमिटीको अवधारणा अन्तर्गत हामीले संगठन निर्माण र व्यवस्थित गर्नुपर्छ । सदस्यहरूको अभिलेखलाई व्यवस्थित बनाउनुपर्छ । साथै, प्रशिक्षण कार्यक्रमलाई पनि तीब्र गतिमा अगाडि बढाउनुपर्छ ।
कांग्रेस र माओवादीले इमान्दारिता देखाएनन्
प्रतापलाल श्रेष्ठ, गण्डकी प्रदेश
सबैभन्दा पहिला हामीले आफुलाई समाजवादी चरित्रमा ढाल्नुपर्छ । पार्टीले फिर्ता बोलाउने निर्णय गरेपछि हाम्रा मन्त्रीहरूले जुन खालको चरित्र देखाउनुभयो, त्यो आपत्तिजनक छ । उहाँहरुलाई मन्त्री पद छाड्न गाह्रो हुन्छ भने सिफारिस भएका नेतालाई पनि त गाह्रो भयो होला नि ।
विद्रोह त सबैले गरेको हो, हामी सबै विद्रोही हौँ । हाम्रो पार्टीको निर्णय बदल्नका लागि अन्य पार्टीका नेतालाई भेट्नु आपत्तिजनक छ । यसलाई पाटीले गम्भीर रुपमा लिनुपर्छ । आगामी दिनमा यस्तो गल्ती कसैबाट पनि नहोस । नयाँ मन्त्रीहरूले यस्तो रवैया देखाउनु हुने छैन भन्ने विश्वास छ । उहाँहरूले इमान्दार रुपमा पार्टीको निर्णय मान्नुपर्छ ।
केपी ओलीले गरेका असंवैधानिक र प्रतिगामी निर्णय र काम तथा सर्वोच्च अदालतले गरेका फैसालाबारे विस्तृतमा प्रतिवेदनमा समेटिनुपर्छ । राज्यविरुद्ध र पार्टीका नेताविरुद्ध ओलीले गरेका ज्यादतीबारे विस्तृत दस्तावेज तयार पार्दा ओलीले गरेका गल्ती र हाम्रो पार्टी गठनको औचित्य पुष्टि हुन्छ । यसबारे प्रतिवेदन मौन बस्न मिल्दैन ।
स्थानीय तहको निर्वाचन सन्दर्भमा गण्डकी प्रदेशमा गठबन्धनको ९ वटा बैठक बस्यो । ती बैठक सार्थक भएनन्, कुनै पनि बैठक आशावादी भएनन् । हामीलाई गलाउने, फकाउने प्रयास मात्र भयो । जे–जे कांग्रेसले भन्छ त्यही–त्यही मान्नुपर्ने अवस्था रह्यो ।
एक्लै जाँदा चुनाव नजितिने, मिलेर जाँदा उनीहरुको निर्णय पर्खनुपर्ने अवस्था रह्यो । हाम्रो सहयोगमा प्रधानमन्त्री पाएको कांग्रेस हामीप्रति सकारात्मक भएन । माओवादीले पनि राम्रो भूमिमा खेलेन ।
हामीले पालिका प्रमुख पाउने सहमति भएको ठाउँमा कांग्रेस र माओवादीले इमान्दारिता देखाएनन् । उनीहरूले पनि उम्मेदवारी दिए । परिणामस्वरुप एमालेले जित्ने स्थिति पनि भयो । तर, कांग्रेस र माओवादीलाई हामीले इमान्दारपूर्वक भोट हाल्यौँ ।
केन्द्रीय गठबन्धनले गरेको निर्णय कांग्रेस र माओवादीले मानेनन् । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मान्यता उनीहरूले राखे । गठबन्धनबाट धोका भयो । हामी पनि चलासीपूर्ण ढंगले रणनीति तयार गर्न चुक्यौँ । आगामी दिनमा हामीले यस्ता गल्ती दोहोर्याउनु हुँदैन । यसका बाबजुद पनि पोखरा महानगरपालिकाको मेयरसहित हामीले जित्यौँ ।
हामीले अपेक्षा गरेअनुसार परिणाम स्थानीय निर्वाचनमा आउन सकेन । जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ भन्ने नारा उपयुक्त भएन । नाराले आफ्नो विचार बोल्नुपर्छ । समाजवादीलाई जिताएपछि सामाजिक, आर्थिक रुपान्तरण हुन्छ ।समाजवादको आधार निर्माण हुन्छ भन्ने सन्देश नाराले दिनुपर्छ ।
कांग्रेसलाई सत्ता र माओवादीको अस्तित्व रक्षाका लागि मात्र गठबन्धन भयो
नरेशकुमार भण्डारी, लुम्बिनी प्रदेश
वर्तमानमा क्रियाशील राजनीतिक शक्तिहरूको वर्ग चरित्रको किटान गरिनु पर्ने देखिएको छ । वर्तमानमा क्रियाशील सबै राजनीतिक दलहरूको बारेमा मित्र शक्ति, सहायक शक्ति र प्रधान अन्तर विरोध किटान गर्ने कार्यमा प्रतिवेदन मौन देखिन्छ ।
एमालेभित्रको पनि केपी ओली प्रवृत्ति बाहेकको धारलाई हेर्ने दृष्टिकोणमा समेत स्पष्ट र सकारात्मक व्याख्या गरिनु पर्छ । हालको गठबन्धन निर्वाचनसम्मको लागि मात्र हो भने त्यसपछि के हुने भन्ने बारेमा समेत स्पष्ट हुन आवश्यक छ ।
गठबन्धनमा रहेको मुख्य राजनीतिक शक्ति राष्ट्रिय आत्म समर्पणवादमा लिप्त छ । दोस्रो शक्ति अवसरवाद र उपयोगवादमा लिप्त भएको अवस्थामा राष्ट्रिय स्वाधिनता, निष्ठा र इमान्दारिता पूर्वक गठबन्धन हुन्छ भन्ने कुराको विश्वास पैदा हुने अवस्था कसरी सिर्जना हुने हो स्पष्ट हुन अवश्यक छ ।
के हाम्रो दायित्व कांग्रेसको लागि सत्ता सुविधा र माओवादी केन्द्रको अस्तित्व रक्षाका लागि मात्र हो त भन्ने सवालको जवाफ आम कार्यकर्ता र जनसामुदाबाट माग भएको छ ।
अहिलेको प्रधान अन्तर विरोध भनेको राष्ट्रिय आत्म समर्पणवादी, दलाल नोकरशाही पूँजिवाद र स्वाधिन राष्ट्र र देशभक्तिपूर्ण संघर्ष र यसको ओजमा स्थापित हुने बैज्ञानिक समाजवाद निर्माणको आधार नै प्रधान अन्तरविरोध हो भन्ने कुरा स्पष्ट पार्दै हामी तदर्थवाद र सारसंग्रहबादबाट मुक्त हुन आवश्यक छ ।
गठबन्धनलाई नै दल होकी भन्नेजस्तो गरी निर्देशन जाने तर गठबन्धनका घटकहरूले निर्देशनको पालना नगर्ने प्रवृत्ति देखिएको छ । कांग्रेसहरू आफ्नो उम्मेदवारले मात्र जित्ने–जिताउने प्रपञ्चका साथमा अगाडि बढे भने माओवादी केन्द्रले मौखिक सर्कूलर जारी गरेर गठबन्धनमा हामीलाई कमजोर बनाउने र हाम्रो लागि सुनिश्चत हुन लागेको स्थानमा आफैले दाबी गरेर आफनो पक्षमा पार्ने कार्य गरी हाम्रो अवस्थालाई साईजमा राख्न सफल भयो । हाम्रो पाटी ठूलो नबनोस् भन्ने कुरामा माओवादी केन्द्रको ध्यान केन्द्रित भएको पाइयो ।
कांग्रेस चेन अफ कमाण्डा चल्ने पार्टी होइन रहेछ भन्ने शिक्षा यो निर्वाचनले दिएको छ । कांग्रेसमा रहेको गुटगत समस्या कटुटापूर्ण छ । कतिपय स्थानमा सत्रुतापूर्ण सम्बन्धका कारणले निर्वाचनमा अन्तरघात हुँदा त्यसको नकारात्मक असर हामीले समेत व्यहोर्नु परेको छ ।
माओवादीसंग हाम्रो राजनीतिक तथा बैचारिक सामिप्यता रहे पनि पृष्ठभूमि र विरासतका हिसावले अलग रहेको हुँदा हाम्रो पाटीलाई माओवादी केन्द्रको बाइप्रोडक्ट जस्तो पार्टी बन्नबाट जोगिनु पर्छ । दृष्टि न्युजबाट