न्यायाधीसहरुलाई घरबाट थुतेर कुट्नुपर्छ: महासचिव विप्लव



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र विप्लवले हिंसात्मक अभिव्यक्ति दिएका छन्।

आफना दलका कार्यकर्तालाई धेरै धरौटी मागेको भन्दै उनले न्यायाधीशहरुलाई घरबाट थुतेर कुट्नुपर्ने बताएका हुन्। बुधबार राजधानीमा आयोजित पार्टी धु्रविकरण तथा प्रशिक्षण कार्यक्रममा महासचिव विप्लव अमेरिकी सहयोग परियोजना ‘एमसीसी’ विरुद्ध आन्दोलनमा उत्रिँदा पक्राउ परेका विद्यार्थीहरुसँग लाखौ रुपैयाँ धेरौटी मागेको बताए।

उनले भने, ‘एउटा पढिरहेका विद्यार्थीलाई १० लाख, पाँच लाख धरौटी माग्ने हो? देश बेच्न पाइँदैन भनेर आन्दोलन गर्ने युवालाई पक्रेर ३ लाख रुपैयाँ धरौटी माग्ने हो रु यो न्यायाधीश को हो? यीनलाई त घरघर गएर थुतेर कुट्नुपर्छ।’