काठमाडौँ। कोटहीमाई गाउँपालिकाले सशस्त्र प्रहरी बल नेपाल बिओपी मझगावा रुपन्देहीलाई बिपद व्यस्थापन सामग्री प्रदान गरेको छ।
बुधबार (बिओपी) प्रमुख सशस्त्र प्रहरी निरीक्षक ताम्रजङ्ग बस्नेतलाई सामग्री हस्तान्तरण गरिएको गापाकी शिक्षा अधिकृत अमृता बुढाथोकीले कर्णाली सन्देशलाई जानकारी दिएकी छ्न्।
बुढाथोकीका अनुसार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले बिपद व्यवस्थापनका सामग्रीहरू हस्तान्तरण गरेका हुन्।
सामग्री हस्तान्तरण कार्यक्रममा लेखा अधिकृत निरन्जन ज्ञवाली, शिक्षा अधिकृत अमृता बुढाथोकी र लेखा सहायक संगिता भट्टराईको उपस्थिति रहेको थियो।