प्रशासकीय अधिकृतमाथि गाउँपालिका अध्यक्ष शाहीको दादागिरी



कालिकोट। दैलेख जिल्लाको भैरबी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत माथी गाउँपालिका अध्यक्ष रिता कुमारी शाहीले दादागिरी सुरु गरेको छन।

आर्थिक वर्ष २०७५/०७६ मा ५४ दिन म्याद राखी योजना सम्झौता भएको रकम भुक्तानीको ष्षियलाई कमसल कामको कारणले भुक्तानि हुन नसकेको र उक्त काम गाउँपालिका अध्यक्ष शाहीको बुढाले ठेक्का लिएर गराएको थिए।

आफु अध्यक्ष भय पछि भैरबी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पुर्णबहादुर बिकलाई पटकपटक भुक्तानी दिन भनेर तनाब दिन्छिन् त कहिले नराम्रो तरिकाले गलैंच गर्ने गर्छिन्।

आइतबार दिउँसो भुक्तानी नदिने भनेपछि प्रशासकीय अधिकृतको कार्यकक्षमा गएर नै उनले यहि असार २१ गतेबाट हाजिर नहुन अध्यक्ष शाहीले ठाडो आदेश दिएकी थिइन्।

ठेक्का सम्झौता भएको समयमा नै काम सम्पन्न नगरेर बजेट फ्रिज गइसकेको रकम मैले कसरी दिनु ३ वर्ष पहिलेको रकमभन्दा अध्यक्ष शाहीले प्रमुख प्रशासकीय अधिकृत बिकलाई गाली गलैज गरेको हुन्।

प्रशासकीय अधिकृत बिकले सम्पुर्ण सम्झौता भएको कामको लागि जनतामा पर्न गएको असुबिधा र नोक्सानी गाउँपालिका अध्यक्ष शाहीबाट भएको निवेदन पेस गरेका छन्।